कुन हेर्ने ‘पिंजडा ब्याक अगेन’ कि ‘लाल पुर्जा’ ?



सैघाली खबर
काठमाडौं,६ पुस


यो शुक्रबार दुई फिल्महरु प्रदर्शनमा आएका छन्। निखिल उप्रेती स्टारर ‘पिंजडा ब्याक अगेन’ र सौगात मल्ल स्टारर ‘लाल पुर्जा’ माघ ५ देखि अल नेपाल रिलिज भएका हुन् । यी दुई फिल्महरु मोफसलमा भने बिहिबार नै रिलिज भैसकेका छन् ।

द्धन्द्ध निर्देशक हिमाल केसीको डेव्यु निर्देशन रहेको फिल्म ‘पिंजडा ब्याक अगेन’ मा नायक उप्रेती र नायिका सारा शिर्पाइली मुख्य भूमिकामा प्रस्तुत भएका छन् । पारिवारिक विषयमा बनेको फिल्मलाई प्रिमियरमा यस्तो प्रतिक्रिया मिलेको थियो । भिडियो हेर्नुस् :

‘छड्के’ पछि निर्देशक निगम श्रेष्ठले निर्देशन गरेको फिल्म हो ‘लाल पुर्जा’ । मितेरी गाउँको कथा भन्ने फिल्ममा सौगात मल्ल, बिपिन कार्की, मिरुना मगर, मेनुका प्रधान, कामेश्व चौरसिया, हरिहर शर्मा लगायत कलाकारहरुको अभिनय रहेको छ । मिस नेपाल सृष्टि श्रेष्ठ अतिथि भूमिकामा प्रस्तुत भएकी छन् । फिल्मलाई विक्रम सिंह थारु र उमेश श्रेष्ठले निर्माण गरेका हु्न । मेनुका र मिरुनासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

copy by ramailo cha.com

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्