काठमाडौं । अखिल (क्रान्तिकारी) सिटिईभिटी उपत्यका जिल्ला समितिले काठमाडौंको एउटा निजी विद्यलायमाथी कारबाही गरेको जनाएको छ ।
टोखास्थित एमिटि ग्लोबल एजुकेसन (लर्डबुद्ध कलेज) लाई कार्वाही गरेको सो संगठनले जनाएको छ । विद्यार्थीका आधारभूत आवश्यकता समेत पुरा नगरेको, लकडाउन को समयमा नपढाएको समेत शुल्क असुली गरेको, कलेजमा गुण्डाहरु राखेर विद्यार्थीहरुलाई थिचोमिचोमा राखेको, सिटीइभिटीको मापदण्ड अनु?प ब्यवस्थापन नभएको जस्ता मुद्धाह?मा छलफल गर्ने क्रममा अखिल (क्रान्तिकारी) का जिम्मेवार नेताहरुमाथि नै दुब्र्यवहार गरेका कारणले सो विदालयलाई कारबाही गर्नु परेको जनाइएको छ ।
सो संगठनले आजको कारवाहीलाई प्रतिकारात्मक कारवाही भनेको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।