सैघाली खबर
दाङ,६ माघ । घोराही तुलसीपुर सडक खण्ड सुनसान थियो । अरुदिन गाडीले भरि भराउ हुने सडक भने हिजो आज पैदल यात्रुले भरिएका छन् । सरकारले ५ नंं. प्रदेशको अस्थायी मुकाम रुपन्देही तोकेपछि सुरु भएको दाङको आन्दोलनको राप यति गाउँ गाउँ सम्म छिरेको छ । बालिका देखि बृद्ध सम्म सहभागी भएको आन्दोलन अस्थायी मुकाम दाङ तोक्न माग गर्दै आन्दोलनमा होमिएका हुन । हात हातमा प्लेकार्ड बोकेका उनिहरुले दाङमा प्रदेशको मुकाम नतोके सम्म आन्दोलनलाई निरन्तरता दिने वताएका हुन ।
दाङ प्रदेशिक राजधानी संयुक्त संघर्ष समिति बेलझुण्डीले आयोजना गरेको विरोध प्रर्दशनमा रुपन्देही राजधानी खारेज गर , हाम्रो दाङ हाम्रो सान, दङ्गाली एकता जिन्दावाद जस्ता विभिन्न नारा लगाउँदै बेलझुण्डीमा विरोध प्रर्दशन गरेको संर्घष समितिका संयोजक रविन्द्र उच्च नेपालीले जानकारी दिनुभयो ।
दुधरास स्थित चोकबाट सुरु भएको बिरोध ¥याली फोर्टिनाईन चोक, झिगै, बेलझुण्डी, हेमन्तापुर,बिजौरी सम्म पुगेर पनः दुधरासमै आएर कोणसभामा परिणत भएको थियो । भौगोलीक ,वातावरणीय सबै किसिमले दाङ प्रदेशको अस्थायी मुकामका लागी उपयुक्त भएपनि सरकारले जिल्लालाई अन्याय गरेको वताउनुभयो ।
सरकारले आफ्नो स्वार्थ पुरागर्नका लागि रुपन्देही अस्थायी मुकाम तोकेको वताउँदै अविलम्ब निर्णय फिर्ता दिनुपर्ने वताउँनुभयो । आन्दोलनमा क्रममा आफुहरु प्रणको वाजी थाप्न समेत तयार भएको बताउँदै आन्दोलनका संयोजक नेपालीले सरकारले निर्णय नसच्याए आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने वताउँनुभयो ।
महिला अधिकारकर्मी लालिका पोखरेलले राजनितिक दलहरुले जनताको मत कदर गर्नु पर्ने बताउँनुभयो । निर्वाचनका क्रममा राजधानी ल्याउँछौ भन्ने राजनितिक दल आफै आन्दोलनमा सहभागी नहुदा उनिहरु प्रतिको विश्वास गुमेको वताउँदै अविलम्ब सरकारको निर्णय सच्याउँन दवाब श्रृजना गर्नु पर्ने उल्लेख गर्नुभयो । दलित अगुवा टोपबहादुर जनैदारले कुनै शक्तिको आडमा जनतालाई ढाट्न नहुने वताउँनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।