नवीन्द्रराज जोशीको ३ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने



नेपाली कांग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीको आज (शनिबार) दिउँसो ३ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।

मस्तिष्कघातपछि काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत नेता जोशीको शुक्रबार राति निधन भएको थियो।

उनको पार्थिव शरीर मध्यान्ह १२ बजेदेखि २ बजेसम्म श्रद्धाञ्जलिका लागि कांग्रेस केन्द्रीय मुख्यालय सानेपामा राखिएको छ।

यसपछि उनको पार्थिव शरीर पशुपति आर्यघाटमा लगिने र त्यही अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो।

विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मिएका नेता जोशी २०७० मा काठमाडौं क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। उनी पूर्व उद्योगमन्त्री समेत हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्