काठमाडौं। आगामी १८ चैतमा सप्तरीमा धार्मिक भ्रमणमा आउने तय भएको पूर्वयुवराज पारसको नागरिक अभिनन्दन गरिने भएको छ।
राम हनुमान आराधना मण्डल तथा २०४७ को संविधान पुनस्र्थापना हाम्रो अभियान नामक संगठनले संयुक्त रुपमा नागरिक अभिनन्दन गर्ने भएका हुन्।
यसका लागि डा. देवनारायणको संयोजकत्वमा ५ सय १ सदस्यीय मुल समारोह समितिसमेत गठन गरिएको शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ। यो समाचार आजको राजधानी दैनिकमा छ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।