२१ औँ शताब्दीमा तानाशाही स्वीकार्य छैन : डा. भट्टराई



काठमाडौं। जनता समाजवादी पार्टीको संघीय परिषद् डा. बाबुराम भट्टराईले म्यानमारमा भइरहेको नरसंहार विरुद्ध मानवता र लोकतन्त्र पक्षधर सबैलाई बोल्न आग्रह गरेका छन्। भट्टराईले संसारका कुनै पनि कुनामा रहेका फौजी र गैरफौजी तानाशाही स्वीकार्य नभएको बताए।

नरसंहारविरुद्ध लोकतन्त्र पक्षधर सबैले आवाज उठाउनु पर्नेमा उनको जोड छ। आइतबार सामाजिक सञ्जालमार्फत भट्टराईले अरूलाई खाने बाघले हामीलाई पनि खान सक्ने भएकोले लोकतन्त्रको पक्षमा सबैले बोल्नुपर्ने बताए।

उनले लेखेका छन्, ‘म्यानमारमा भइरहेको नरसंहार विरुद्ध मानवता र लोकतन्त्र पक्षधर सबैले मुख खोलौं! २१ औँ शताब्दीमा संसारका कुनै पनि कुनामा फौजी वा गैरफौजी तानाशाही स्वीकार्य छैन! अरूलाई खाने बाघले हामीलाई पनि खान सक्छ!’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्