सैघाली खबर
काठमाडौं,६ पुस
एमाले–माओवादी बीच चार महिना यताको एकता प्रक्रिया अब निर्णायक मोडमा पुगेको नेताहरुले बताएका छन् ।एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पनि पार्टी एकताको विषयमा छलफल हुँदैछ ।
यसअघि हिजो एकताबारे ‘विभिन्न आशंका र षणयन्त्रलाई चिरेर’ छोटो र छिटो विधीबाट पार्टी एकता टुंगोमा पु¥याउने विषयमा दुई शीर्ष नेता बीच समझदारी भएको दाबी गरिएको छ ।यद्यपी, ओली र दाहालबीच पार्टी एकता कसरी गर्ने भन्नेबारे अझैपनि विभिन्न मोडेलमा छलफल बिचाराधीन छ ।एकता प्रक्रिया अब छिट्टै निर्णायक तहमा पुग्नेमा आशंका नरहे पनि कुन मोडालिटी अपनाउने बारे ओली दाहाल दुवैले खुलाएका छैनन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।