बन्दको प्रभाब बिहानै देखि



दाङ, ६ माघ । दाङका बन्दको प्रभाव बिहानै देखि देखिएको छ । बन्दको आज चौथो दिन पनि जिल्लाभर सम्पूर्ण यातायातका साधन उद्योग कल कारखाना ,विद्यालय, होटल पूर्ण रुपमा ठप्प रहेका छन् । बन्दको तेश्रो दिन हिजो शुक्रबार जिल्लाका सम्पूर्ण सरकारी बन्दको समेत आब्हान गरिएको थियो । यद्यपी जिल्ला प्रशासन बाहेक अन्य सरकारी कार्यालय भने पुर्ण रुपमा बन्द रहेको सयुक्त संघर्ष समितिका संयोजक एवं नेकपा एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्काले जानकारी दिनुभयो ।

जिल्लाको लमही घोराही तलसीपुर पश्चित दाङ लगाएतका विभिन्न क्षेत्रमा कडा बन्द गरिएको छ । त्यस्तै राजमार्गमा अलपत्र परेका झण्डै ४ सय सवारीका साधन गन्तव्यमा पठाईएको प्रदेशसभा सदस्य एवं माओवादी केन्द्रका नेता ईन्द«जित थारुले जानकारी दिनुभयो । चौधरीले सरकारले निर्णय फिर्ता नलिए सम्म आन्दोलन कडा बनाउँदै जाने उहाँले वताउँनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्