वायु प्रदुषणको कारण तीन दिन देखि काठमाडौं-पोखराको उडान बन्द



काठमाडौं । खराब वायु प्रदुषणको कारण काठमाडौ पोखराको उडान गत शुक्रबार १ बजे देखीबाट बन्द भएको छ ।  पोखरामा खराब बायुप्रदुषणको कारण शुक्रबार दिउँसो देखि काठमाडौ आउने उडान पुरै बन्द भएको छ । कहिले र कतिबेला खुल्ने भन्ने एकिन गर्न नसकिने जनाएका छन् ।

काठमाडौँ उपत्यकाको आकाशमा एक्कासी तुवाँलोले ढाकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरु र रास्ट्रिय उडानहरु प्रभावित भएका छन् । गत तीन दिन देखि नियमित उडान बन्द र नियमित समयमा नभए पछि हजारौं यात्रुहरु अलपत्र परेका छन् ।

तुवाँलो अझै कहिले सम्म लाग्ने भन्ने एकिन भने गर्न नसकिने साथै बिहान र बेलुकाको तुवाँलो अझै खतरापूर्ण भएको भन्दै सवारी साधन जोरबिजोर र बिधालयहरु बन्द गर्ने समेत तयारीमा जुटेको स्रोतले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्