घांस काट्न गएका ८ किशोरी बेपत्ता



काठमाडौं। महोत्तरीको भंगहा नगरपालिका–८ की ८ जना किशोरी बेपत्ता भएका छन्। मंगलबार दिउँसो २ बजे घांस काट्न गएका उनीहरू राति १० बजेसम्म समेत नफर्किएको परिवारले जनाएको छ।

बेपत्ता हुनेमा १८ वर्षीया अस्मिता पासवान, नगिना पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १३ वर्षीया ज्योति पासवान, १० वर्षीया रञ्जना पासवान, सीमा पासवान र रचना पासवान रहेका छन्। उनीहरू सबै एउटै टोलका हुन्।

उनीहरू बेपत्ता भएको खबरले अहिले गाउँमा त्रास फैलिएको छ। टोलवासीसहित आफूहरू किशोरीको खोजी कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्