नया सरकार गठनका बारेमा यस्तो भने खनालले



 

सैघाली खबर,
काठमाडौं ६ माघ, । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रियसभा निर्वाचन सम्पन्न भएलगत्तै नयाँ सरकार गठन हुने बताउनु भएको छ। ।

वरिष्ठ नेता खनालले वामपन्थी गठबन्धनको नेतत्वमा नयाँ सरकार बन्ने र त्यसले मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने दाबी समेत गर्नु भयो।

 

शनिवार काठमाडौं क्षेत्र नम्बर ८ का सांसदहरुलाई शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै उहाले प्रदेश नम्बर २ मा पनि वामगठबन्धनकै नेतृत्वमा सरकार बनाउन पहल भइरहेको खुलासा गर्नुु भयो।

उहाले स्थानीय सरकारले विकास, निर्माणको कामलाई अघि बढाउन आवश्यक योजना तय गरिसकेकाले अब त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्