राज कुमार कार्की
सपना त हजुर हुने खानेहरुले मात्रै देख्छन्। हुँदा खानेहरुको भाग्यमा भावीले के लेख्छन्! नत लुटि ल्याइ भुटी खानुछ यिनलाई कहिल्यै । केवल आफ्नै मेहनतको पसिना खानुछ जहिल्यै ।।
आफ्नै मेहनत र पसिनाको कमाइ खान्छन् यिनले जहिल्यै। नत कुनै छ्ल कपट छ यिनको मनमा हजुर कहिल्यै।। बिहान बेलुका कसरी हातमुख जोड्ने चिन्ता छ मनमा। नत यिनको कुनै अरबपति बन्ने सपनाहरू छन् धनमा।।
नत यिनलाई मार्नु परेको छ कहिले कतै नै छ्लाङ्ग। नत चाहिएको छ यिनलाई डेढ लाखको नै पो पलङ।। नत चाहिएको छ यिनलाई मार्सी चामल र होलिवाइन। कति छाक भोकभोकै बस्दा पनि यिनैले कहिल्यै भन्दैनन् खान पाइन्।।
यिनको पजेरो भने पनि यही नै हो आफ्नो रिक्सा। ग्राहक आइ ए दाइ भनि बोलाउदा हासि दिन्छन् खिस्स।। चिन्ता छ गरिबलाई यहाँ त अहिले छाक कसरी पो टार्ने। नत चिन्ता छ यिनलाई सुनको फुल पार्ने कुखुरा नै हात पार्ने।।
कति महल ठडिए गरिबको नाउँमा लिएर बिदेशी डलर। गरिबको नत फेरिए हजुर रुप रङ नत कुनै नै कलर।। कता बाट आउछन् कता जान्छन् ती गरिबकै नाउँका डलर। पानी जस्तै बगाइरहेका छन् एन्जिओ आइएन्जिओले सलल।।
धन्यवाद।