हेलिकप्टर चार्टर गरेर महरा विरोध सभालाई सम्बोधन गर्न लमहीमा




सैघाली खबर
दाङ,६ माघ । नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरा दाङ आउनु भएको छ । ५ नं प्रदेशको प्रादेशिक राजधानीको लागि संघर्ष गर्दै आएको सयुक्त संघर्ष समितिको लमहीमा आयोजित विरोधसभालाई सम्बोधन गर्न महरा दाङ आउनु भएको हो।बिहानै महरा दाङ आइपुग्नु भए पनि नेपालगंज स्थित बिमास्थलमा बाक्लो हुस्सु लागेका कारण महरा हेलीकप्टर चार्टर गरेर आउनु भएको हो। हजारौको सहभागीतामा पुर्व पश्चिम राजमार्ग कब्जा गरी आन्दोलनकारीले बृहत बिरोध प्रर्दशन जारी राखेका छन। महराले केहि समय पछि सभालाइ सम्वोधन गर्नै कार्यक्रम रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्