लमहीमा बृहत बिरोध प्रर्दशन




सैघाली खबर
दाङ,६ माघ । दाङको लमहीमा बृहत बिरोध प्रर्दशन गरिएको छ । ५ नं. प्रदेशको अस्थायी मुकाम रुपन्देही तोकेको विरोधमा संयुक्त संघर्ष समितिले पुर्व पश्चिम राजमार्ग कब्जागरी विरोध प्रर्दशन गरेको हो सभालाई सम्बोधन गर्दै एमाले दाङका अध्यक्ष एवं संघर्ष समितिका संयोजक टिकाराम खड्काले ५ न. प्रदेशको अस्थायी मुकाम रुपन्देहीमा बनाउने सरकारको निर्णयको कडा शब्दमा बिरोध गर्नु भएको थियो ।

प्रदेशको मुकाम तोक्ने निर्णय सरकारको मनोमानी र स्वार्थप्रेरित भएको भन्दै तत्काल सच्याउन आग्रह समेत गर्नुभयो ।
सरकारले प्रदेशहरुको अस्थायी राजधानी तोकेको विषयमा आफ्नो दाङगाली जनताको गम्भीर ध्यानाकर्षण बताउँदै बताउँदै प्रदेशका अस्थायी राजधानी विवेकसम्मत र सन्तुलित रुपमा तोक्न नसकेर सरकारले आफ्नो असक्षमताको पुष्टि गरेको उल्लेख गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका सह ईन्चार्ज निर्मल आचार्यले पुनःसंरचना आयोगको सिफारिस, कतिपय सरकारी उच्च निकाय र राष्ट्रिय–अन्तर्राष्ट्रिय सुझाव र सल्लाहलाई समेत लत्याउँदै गरिएको सरकारको यो निर्णय मनोमानी र स्वार्थप्रेरित हुन पुगेको बताउनुभयो ।
आफैले बनाएको कार्यदलको सिफारिस विपरितका प्रदेशको अस्थायी राजधानी तोक्ने सरकारको निर्णय दुर्भाग्यपूर्ण भएको बताउँदै जनमत गुमाएको सरकारले विवेक पनि गुमाएको वताउँनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्