काठमाडौं । पूर्वयुवराज पारस शाह चढेको हेलिकप्टर तनहुँमा आकश्मिक अवतरण भएको छ । हेलिकापटर व्यास नगरपालिका–१४ मास्दीघाटमा आकस्मिक अवतरण गरिएको हो ।
काठमाडौँबाट भरतपुरतर्फ उडेको इयर डाइनेष्टिको हेलिकप्टर मौसम खराबका कारण मास्दीघाटमा अवतरण गरेको हो ।
तनहुँ प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले मौसम खराबीका कारण हेलिकप्टर आकस्मिक अवतरण भएको जानकारी दिए । “प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली त्यसतर्फ जाँदैछ, विस्तृत विवरण केहीबेरमा आउनेछ”, उनले भने ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।