कपिलबस्तुको यशोधरा गाँउपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता



अजय बर्मा कपिलबस्तु चैत्र १८

कपिलबस्तुको यशोधरा गाँउपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएकोे छ । सुरु भएको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितीको सभापतिले गरेका हुन् । प्रतियोगितामा यशोधरा गाँउपालिका अन्तर्गतका ७ विद्यालयका खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा व्यानर पढेर उद्घाटन गर्दै समन्वय समितीको सभापतिले यस प्रतियोगिताले लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन मद्दत गर्ने भन्दै त्यस्ता प्रतिभालाई चिनेर उनीहरुलाई निरन्तर अभ्यास गराउनुपर्ने बताउनु भएको छ । हरेक ब्यक्तिमा कुनै न कुनै प्रतिभा लुकेको हुने भन्दै त्यसलाई चिनेर अगाडि बढे विश्वमा ठुलो मान्यता हुने बताउनु भयो । खेल भनेको हारजितभन्दा पनि निरन्तर अभ्यास गर्दै जाने भएको भन्दै खेलकै माध्यमबाट ब्यक्ति विद्यालय समाज हुदै राष्ट्रको नाम चिनाउन सक्नुपर्ने बताउनु भएको छ ।

कार्यक्रमका अध्यक्ष तथा यशोधर गाँउपालिकाका प्रमुख गिरजेश पाण्डेयले यस्ता प्रतियोगिताले खेलाडीको अन्तरनिहित क्षमता प्रष्फुटन हुने विश्वास ब्यक्त गर्नु भएको छ ।

चैत्र १८ गते देखि २० गते सम्म चल्ने प्रतियोगितामा भलिबल, दौड, हाइजम्प, ट्रिपलजम्प, जेभलिन थ्रो, लङजम्प, सटपुट लगायतका प्रतियोगिता हुनेछ । पहिलो दिन पालिकाभित्रका विभन्न सामुदायिक विद्यालयबिच दौड प्रतियोगिता सम्पन्न भएको छ । खेल उद्घाटन पश्चात विभिन्न विद्यालयले मार्चपास गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्