माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै : सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी



काठमाडौं। नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बिहीबार बिहान स्थायी कमिटीको बैठक बस्नेछ।

आज बस्ने बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिने विषयमा छलफल केन्द्रित हुने बुझिएको छ।

श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिन नैतिक दबाब बढेको बताए। उनले आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल हुने बताए।

फागुन २३ मा सर्वोच्च अदालतले गरेको नेकपा खारेजीको फैसलापछि साविकका एमाले र माओवादी केन्द्र ब्यूँतिए पनि ओली सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएको छैन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्