नेपाली कांग्रेस घोराही उपमहानगरपालिका-१६ को क्रियाशील सदस्य नविकरण भेला सम्पन्न



शरद रिजाल । नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं १६ को क्रियाशील सदस्य नविकरण भेला एक कार्यक्रम बिच संपन्न भएको छ । नेपाली कांग्रेस आवद्ध क्रियाशील सदस्य हरूको सदस्यता नवीकरण (रूजु) गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली कांग्रेसको आउदै गरेको महाधिवेशनलाई मध्यनजर गर्दै नेपाली कांग्रेस आवद्ध क्रियाशील सदस्यहरुको क्रीर्यासिल सदस्यता नवीकरण (रूजु) संपन्न भएको नेपाली कांग्रेस घोराही उपमहानगरपालिका -१६ कार्यकालको सभापति शुरेस पछाईले जानकारी दिनुभयो। सदस्यता फारममा नाम छुटेका र त्रुटि सच्याउने काम सम्पन्न भएको सभापति पछाईले जानकारी गराय । कार्यक्रम की प्रमुख अतिथि एवं महिला नेतृ बालिका लम्साल नेपालले कार्यकर्ताको मनोभाव बुझी, कार्यकर्ताको सल्लाह बमोजिम नेपाली कांग्रेसको क्रियाशील सदस्य नविकरण र बितरण कार्यलाईतिव्र रुपमा अगाडि बढाउनुपर्ने कुरामा जोड दिईन । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समिति दाङका सदस्य भिमप्रकाश खड्काले कार्यकर्ताको मनोभाव र चाहना बुझी क्रियाशील सदस्य नविकरण कार्यलाई अघि बडाईनुपर्नै र कांग्रेस आबद्ध साथीहरूको सल्लाह बमोजिम अघि बढे राम्रो हुने कुरामा जोड दिनुभयो।

सोही कार्यक्रममा नेपाली कांग्रेस दाङ जिल्ला क्षेत्र नं २का सभापति भुप बहादुर डाँगी, नेपाली कांग्रेस दाङ जिल्ला क्षेत्र नं २क का सभापति कमल गौतम नेपाली कांग्रेस दाङ जिल्ला क्षेत्र नं २ का सदस्य रेखबहादुर वलि(देउता) महिला संघ दाङकि अध्यक्ष गोमा रावत लगायतका बक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। नेपाली कांग्रेस घोराही उपमहानगरपालिका _१६ का अध्यक्ष शुरेस पछाईको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण राजीब पछाईले गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्