ताैलिहवामा आधारभूत पत्रकारिता एवं नेतृत्व विकास तालिम सम्पन्न



कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे सदरमुकाम ताैलिहवामा एक दिने आधारभूत पत्रकारिता एवं नेतृत्व विकास तालिम सम्पन्न भएको छ । डायनामिक सामाजिक विकास संस्था का अध्यक्ष माेहम्मद इरफान मनसुरी काे अध्यक्षता र कपिलवस्तु नगरपालिका वडा १ का कार्यावाहक अध्यक्ष विष्णु वारीकाे प्रमुख अतिथित्यता मा तालिम भएको हाे । डायनामिक सामाजिक विकास संस्था काे आयाेजना र कपिलवस्तु नगरपालिका वडा १ का अर्थिक सहयोग मा तालिम संचालन भएको हाे ।
तालिम मा विशिष्ट अतिथि डा.सतिस उपाध्यायले पत्रकारिता तालिम लिएर आफ्नाे व्यहार मा लागु गरेर समाज परिवर्तन गर्ने युवाले नै हुन। बाेल्दै पत्रकारलाई तेस्रो अङ्गका रुपमा लिन्छ । उक्त कार्यक्रममा वरिष्ठ पत्रकार डा. सतिस उपाध्यक्ष , कपिलवस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदम राज श्रेष्ठ , नेपाल टेलिभिजनका कपिलवस्तु संवाददाता बसुदेव वर्मा (अजय) र टुडे टेलिभिजनका अनि कुमार माली लगायत किशोर किशाेरीहरु काे सहभागीता रहेको थियो । नेपाल पर्यटन पत्रकार महासंघका भुपाल थापा ले प्रशिक्षण र प्रमाेद हरिजन ले कार्यक्रम संचालन गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्