निर्णय सँच्चिएर आउँछ – महरा




सैघाली खबर
दाङ, ६ माघ । माओवादी केन्द्रका नेता बरिष्ठ नेता कृष्णबहादुर महराले प्रदेश नं. ५ को अस्थायी मुकाम सच्चिएर आउने बताउनु भएको छ । दाङको लमहीमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै नेता महराले यस्तो वताउनु भएको हो । सभालाई सम्बोधन गर्र्दैे सरकारको पछिल्लो निर्णयका बारेमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओली संग कुरा भएको वताउँदै अबिलम्ब ५ नं. प्रदेशको निर्णय सच्चिएर आउँने ढुक्क हुन सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका महराले आफ्नो अन्तिम सास रहदा सम्म प्रदेशको केन्द्र दाङलाई बनाउँने बताउँदै प्रदेशको मुख्य केन्द्र दाङ हुनेमा बिश्वत रहन दङ्गाली जनतालाई आग्रह गर्नुभयो । पुर्व उपप्रधान एवं परराष्ट मन्त्री समेत रहनु भएका महराले दाङमा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने भन्दै प्रदेशको केन्द« बनाँउन त्यसले थप सहयोग पु¥याउँने वताउँनुभयो ।

जिल्ला आउँने सबै प्रदेश सभा सदस्यहरुलाई स्वागत गर्नुुहोस जिल्लाका सम्पूर्ण क्षेत्र देखाउँनु होस उहाँहरु आफै यसक्षेत्रलाई प्रदेशको अस्थायी मुकाम तोक्नु हुनेछ भन्नुभयो । सरकारले निर्णय न सच्चाउँदा सम्म आन्दोलनलाई जारी राख्नु पर्ने बताउँदै महराले आन्दोलनको स्वरुप भने परिमार्जित गर्न निर्देशन दिनुभयो । ४ नं. र ६ नं. प्रदेश बाहेक अनेत्र सबै प्रदेशमा आन्दोलन जारी रहेको बताउँदै नेता महराले बन्दका कार्यक्रम भन्दा विरोध प्रदर्शन, डेलिगेशन , हस्ताक्षर अभियान लगाएतका कार्यक्रम संचालन गर्न आग्रह गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्