राजनीतिमा छाएको आइलभ यु सिद्धान्त : ईश्वर गौतम



कमल बिक्रम जिसी ,  काठमाडाैं ।मायामा भनिने आइलभ यु राजनितीमा छायो ।
आइलभयु को सिद्धान्तमा मेरो पुस्ता आयो ।
सकिएछन बिचार अनि सिद्धान्तका कुरा
आइलभ यु कै सिद्धान्तले मेरो देश खायो ।

आइ लभ यु शब्द आज जताततै एकदम धेरै प्रयोग भैरहको देखिन्छ । यो शब्दको वजन त्यति हलुका छैन , तर प्रयोग किन यति हलुका भैरहेको छ । अहिले राजनीतिक रुपमा समेत यो शब्द प्रयोगमा आइसकेको छ । सडकमा जनपक्षीय आवाजहरुले गुञ्जायमान हुनुपर्ने हो । सडक सत्ताको महिमागान गाउने ठाउँ होइन । जनताका सवाल र सरकारबाट भएका जनबिरोधी कदमको भण्डाभोर गर्ने थलो हो । त्यो थलोमा आज रातो टोपी लगाएका देश बनाउने नौजवान युवाहरू आइ लभ यु को नारा घनकाएका छ्न ।  ठुला ठुला ब्यानरमा कुनै राजा नै जसरी एउटा कम्युनिस्ट पार्टिको नेतृत्वमा रहेको ब्यक्तिको फोटो बोकिरहेका छन । यसबाट भावी पुस्ताले सिक्ने के ? आखिर यहि हो र हाम्रो सभ्यता ? यस्तै हो र कम्युनिस्ट पार्टिको चरीत्र ? म गम्भीर मुद्रामा छु ।

राजतन्त्रको शासन मैले देखिन अनुभव गर्न पाइन । तर मैले इतिहास र अग्रजबाट केही पढ्ने र सुन्ने मौका पाए । राजा देशको वा हुन्थे रे जनताका वा हुन्थे र मानिन्थ्यो रे । अझै भन्दा हिन्दू परम्परा अनुसार राजाको देहावसान हुदा देशभरका जनताले कपाल खौरने र नुन बार्ने चलन थियो । के हामी त्यही राजतन्त्र मा जस्तै दासताबाट माथी नउठने हो । कम्युनिस्ट पार्टीको नाम र झन्डाको प्रयोग दास प्रवृत्ति भित्र्याउनका लागि हो । नौजवान युवा , बिद्यार्थी जस्तो बौद्धिक जगत यस्ता बिकृतीमा किन रमाउछ ।

तमाम बिद्यार्थी बर्गका समस्यामा बिद्यार्थी नेतृत्व किन गुमनाम बनेर आइ लभ यु वा सिद्धान्तको भजनमण्डलि बनिरहेको छ । यसले मेरो पुस्ता र बौद्धिक जगतलाई गिज्याइरहेको छ । असभ्य, अमर्यादित क्रियाकलाप उछृङ्खल गतिविधि, निकृष्ट,तुच्छ भाषाको प्रयोगले यो समाजलाई कुन दिशामा लैजान्छ । आउने पिढिले के सिक्छ्न । बद्लिदो बिश्वको परिवेशलाई यहि ढंगले जादा कसरी फड्को मार्न सकिन्छ । सभ्यता र शिष्टताको उर्वर भुमिमा यस्ता प्रवृत्ति कसरी प्रवेश भयो । यस्तो पृष्ठभुमि र प्रवृत्तिबाट हुर्केका ब्यक्तिले नेतृत्व गर्दा यो देश कस्तो बन्ला । यो अन्तरआत्म बोल्छ चिन्तित मुद्रामा ।

बिश्वको परिवेशले दिनहु फडको मारिरहेको छ । त्यही परिवेश सङ्गै दौडन कहि कतै कुनै योजना छैनन छन त केवल सत्ता हत्याउने स्वार्थ लुटने काल्पनिक हावामा रमाउने । मानवियता, सामाजिक परिबेश, विपरीत एकार्कालाई खुइलाउने र आत्मरतिमा रमाउने जयजयकार गर्ने यस्ता प्रवृत्ति राजनितीभित्र र अझै कम्युनिस्ट पार्टि नामधारिले गर्न सुहाउने कुरा हुँदै होइनन् । तर यस्ता अराजक प्रवृत्ति कसरी भित्रिए । यस्ता गतिविधि अगाडी बढाउदै जादा आउने परिणाम के ? के पछिल्लो पुस्तालाई यस्तै शिक्षा दिने हो ? यसरी देशभित्र पटक पटक हुने अस्थिरता, अराजकता , दास प्रवृत्ति, ब्यक्तिगत लाभको लागि जस्तोसुकै हर्कत गर्न तयार हुने यो पिढिले देश बचाउन, सहि बाटो हिडाउन , कुशल नेतृत्व गर्न कसरी सक्छ ? यस्ता प्रवृत्तिले देश सधै अस्थिरताका गोलचक्करमा फस्ने बिदेशिको चलखेल हस्तक्षेप बढदै जाने , देशमा अशान्ति, अराजक, बढदै जाने । बाहेक हुन्छ के ? के गर्न खोज्या यस्तै हो ।

अन्त्यमा, मलाई लाग्छ शाह वंशिय राजा हटेका हुन। राजतन्त्र हटेको छैन । वास्तविक लोकतन्त्र र गणतन्त्र त आएकै होइन रहेछ क्यारे ? त्यसैले यो देशलाई बचाउन समृद्ध बनाउन सचेत पंक्ति एकढिक्का भै जुट्नु पर्छ । सहि बिचार सिद्धान्त,र नेतृत्वले मात्रै देश बन्छ । गलत प्रवृत्तिलाई रोक्न बेलैमा जुटौ ।

आरआर स्नातक तहमा अध्ययनरत बिद्यार्थी ईश्वर गौतम ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्