राष्ट्रपति भण्डारीले गरिन् मेलम्चीको पानी वितरणको औपचारिक शुरुवात,



राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंमा ल्याइएको मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गरेकी छन्।काठमाडौंको भृकुटीमण्डपमा निर्माण गरिएको धारा खोलेर राष्ट्रपति भण्डारीले शुक्रबार आयोजनाको औपचारिक रूपमा उद्घाटन गरेकी हुन्। भृकुटीमण्डपमा मेलम्चीबाट आएको पानी २४ सैं घण्टा वितरण हुने गरी धारा बनाइएको छ। सार्वजनिक उपभोगका लागि यहाँ सधैं पानी छाडिने बताइएको छ।

मेलम्ची आयोजनाबाट ल्याइएको पानी काठमाडौं र ललितपुरका विभिन्न स्थानमा केही दिनदेखि वितरण गरिराखिएको छ। काठमाडौंमा पानी संकट टार्न सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट पानी ल्याइएको छ। 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्