पत्रकार माथी अभद्र व्यवहार



सैघाली खबर

दाङ, ६ माघ । राजमार्गमा केन्दि«त आन्दोलन बिषयमा समाचार सङकलन गर्ने जाने क्रममा दाङका तीन पत्रकार माथी अभद्र ब्यवहार भएको छ । आफुलाई बन्द कर्ता बताउँने उनिहरुले पत्रकार माथी अधद्र ब्यबहार गरेका हुन ।आन्दोलनकारीहरुले पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष डिल्ली मल्ल, पूर्वउपाध्यक्ष नरेन्द्र केसी, फोटो पत्रकार कुलदीप न्यौपाने लगायतका पत्रकारहरु चढेको गाडी तोडफोडका प्रयास पनि भएको बताइएको छ ।
बन्दकर्ताहरुले गाडीमा लेखेको प्रेस समेत च्याथेर फालिदिएको पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष डिल्ली मल्लले जानकारी दिनुभयो ।

सरकारले अपायकमा राजधानी तोकेको र त्यसलाई सच्याई दाङलाई पाँच नम्बर प्रदेशको राजधानी तोकिनुपर्ने मागसहित दाङमा कडा आन्दोलन जारी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्