समाजको यथार्थ प्रेमकथा चित्रण गर्ने ‘हत्ते नहाल’ गित सार्बजनिक



कमल बिक्रम जिसी ,  काठमाडौं । समाजको यथार्थ प्रेमकथा चित्रण गर्ने ‘हत्ते नहाल’ गित सार्बजनिक भएको हो । लोकप्रिय गायिका भावना आचार्य, लोकप्रिय गायक तथा मोडल दिनेश थापा, र कामना वलीको सहकार्यमा नयाँ गीत‘हत्ते नहाल’ सार्वजनिक भएको छ ।

दिपक शर्माको शब्द तथा संगीतमा तयार भएको यस गीत पूर्वेली लोकभाकालाई फ्यूजन गर्दै तयार पारिएको लोक दोहोरी गीत हो । लोकदोहोरीको क्षेत्रमा ख्याति कमाएका गायक थापासँगै गायिकाद्वय आचार्य र वलीको सहकार्यमा यो गीतलाई सार्वजनिक गरिएको हो । गीतको संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् । यस गीतको मिक्सिङ किशोर थापाले गरेका हुन् ।

गीतको म्यूजिक भिडियोमा गायक दिनेश थापासँग अञ्जली अधिकारीको अभिनय छ । अनिल के. मानन्धरको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् । दिनशन शाहको भिडियो सम्पादन रहेको यस भिडियोलाई गायक दिनेश थापाको यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो । यस भिडियोमा गोदाबरी रिसोर्ट वरिपरिको दृश्यलाई कैद गरिएको छ ।

गायिका भावना आचार्यको चर्चित गीतहरु बग्ने खोला बगी गो, माया बस्ला फेरि, जब माया नजिकै लगायतका गीतहरु बजारमा आइसकेका छन् । त्यस्तै गायक दिनेश थापाको स्वरमा बोली नफेर, पानी मिठो कलकल कुवाको लगायतका दर्जनौं गीत रहेका छन् भने उनको मोडलिङमा पनि दर्जनौं गीतहरु बजारमा उपलब्ध छन् । त्यस्तै कामना वलीका पनि धेरै गीत बजारमा आइसकेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्