दाङकाे मुसोटमा भएकाे बस दुर्घटनामा दुई जनाको मृत्यु, २७ जना घाइते ३ जनाकाे अवस्था गम्भीर



लमही २० चैत । दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। घोराहीबाट लमही आउँदै गरेको लु १ ख ९८६३ नम्बरको बस घोराही उपमहानगरपालिका–३ मुसोट खोला उकालोको घुम्तीमा पल्टिएको हो।

दुर्घटनामा परेर २७ यात्रु मध्ये तीन जना गम्भीर घाइते भएका छन्। मृत्यु भएकाहरूको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्