प्रेस सेन्टरद्धारा घटनाको भत्सना



 

सैघाली खबर

दाङ,६ माघ । प्रेस सेन्टरद्धारा घटनाको लमहीमा भएको घटनाको भत्सना गरेको छ । समाचार संकलका क्रममा लमही पुगेका प्रेस सेन्टर दाङका अध्यक्ष एवं पत्रकार महासंघ दाङका उपाध्यक्ष डिल्ली मल्ल सेन्टरका केन्द्रीय सदस्य नरेन्द्र केसी, साधारण सदस्य आजाद खड्का र फोटो पत्रकार कुलदीप न्यौपाने माथि भएको दुव्र्यवहार विज्ञप्ती जारी गर्दै घटनाको भ्रत्सना गरेको हो ।

 

दाङ राजधानीको लागि भएको आन्दोलनमा सिंगो पत्रकार महासंघ नै सहभागी भएको अबस्थामा समाचार संकलन गर्न पुगेका पत्रकारहरु माथी आक्रमण हुनु निन्दनिय कार्य भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रेस सेन्टर दाङका सचिव पाण्डव शर्माद्धारा जारी विज्ञप्तीमा प्रेस स्वतन्त्रता विरोधि यो अराजकतवादी हर्कतको हामी घोर विरोध गर्दछौं विज्ञप्तीमा भनिएको छ । यस्तै केही दिन पहिले सैघाली खबरको कार्यरत पत्रकारहरुलाई पनि गोग्लीमा दुर व्यवहार गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्