कमल बिक्रम जिसी , काठमाडाैँ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका १६५ रणनीतिक सडकको शुभारम्भ घोषणा गरेका छन्। सबै सडकबारे बनाइएको श्रव्यदृश्य सामग्रीको स्विच थिचेर प्रधानमन्त्रीले शिलान्यास गरेका हुन्। बालुवाटारबाट शनिबार मध्यान्ह स्वीच दबाएर सो सडक शुभारम्भको घोषणा गरेका हुन् ।
शिलान्यास गरिएका सडकहरूमा संघीय राजधानी, प्रादेशिक राजधानी, जिल्ला सदरमुकाम, अन्तर्राष्ट्रिय विमानस्थल र दुई निर्वाचन क्षेत्रका प्रमुख स्थानलाई जोड्ने किसिमका रहेको छ। सबै सडक निर्माण योजना सांसदहरूको सिफारिसमा छनोट गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले बताए ।
सबै सडकको कुल लम्बाई २ हजार २१० किलोमिटर रहेको छ। शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सडक निर्माणमा ५७ अर्ब १० करोड रुपैयाँको लागत हुने र तीन वर्षभित्र सम्पन्न हुने बताए। सडक शिलान्यास कार्यक्रममा मन्त्री, प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय सभा सदस्यहरू उपस्थित रहेका थिए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।