चाक्लिघाट पुगेर अग्निपिडितलाई काँग्रेसको सहयोग



टेकबहादुर पुन, दाङ । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ देउखुरीले  शनिवार अग्निपिडित हरुका लागि राहत स्वरुप खाद्यान्न तथा नगद हस्तान्तरण गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर २ चाक्लिघाटका अग्निपिडित ४ घरपरिवारका लागि २५ हजार बराबरको खाद्यान्न तथा नगद हस्तान्तरण गरिएको हो ।

लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीको नेतृत्वमा सँकलित रकमले खाद्यान्न खरिद गरी पिडितकै घरमा पुगेर हस्तान्तरण गरिएको छ । प्रति घरपरिवार दुई बोराका दरले चामल, पाँच/पाँच किलो आलु, नुन, तेल र चार हजार नगद हस्तान्तरण गरिएको क्षेत्रिय सभापति भेषराज पाण्डेयले बताए ।

थोरै भएपनि पिडितको घाउमा मल्हम लगाउने प्रयास गरिएको उनले बताए । खाद्यान्न लिएर सभापति भेषराज पाण्डेय, नेपाली काँग्रेसका महासमिति सदस्यहरु जानकिलाल बस्नेत, कर्ण बहादुर बुढाथोकि, काँग्रेस नेता दिनेश गिरी, पुर्ब महासमिति सदस्य मधु न्यौपाने, वडाध्यक्ष मोहन गिरी लगायत पत्रकारको टिम पिडितकै घरमा पुगेको हो । यो भन्दा अगाडि घोराही उप महानगर पालिका बाट प्रति घरपरिवार ५० किलो चामल, सोरठी गाउँबाट खाद्यान्न तथा रकम सहयोग र रेडक्रसले त्रिपाल बितरण गरेका थिए ।

गत चैत्र ७ गते धन बहादुर वलीको १ गोठ, रत्न बहादुर वलीको भान्सा घर, कलि वलीको घर सहित गोठ र सुन्दर वलीकोपनि घर सहित गोठ जलेर खरानी हुँदा २६ जना बिस्थापित भएका छन् । आगलागीबाट अनुमानित ४० लाख बराबरको क्षेती भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्