गाउँ गाँउमा सडक पुर्याउछौ एमाले 



sdr

बिमल योगी
दाङ,२८ जेठ । दाङ घोराहीउपमहानगरपालिकाको बिकट वडा १९ नम्वर सैघाका नागरिकहरुले हाल सम्मपनिआधारभुत आवश्यकताबाट बञ्चित रहेको गुनासो गरेका छन । नेकपाएमाले १९ नम्वर वडाको उम्मेद्धार सार्वजनिककार्यक्रममाबोल्ने बक्ताहरुले शिक्षा,स्वास्थ्य, खानेपानी,सडक,बिद्युत जस्ता आवश्यकताबाट बञ्चित रहेको बताएका हुन । १० कक्षा सम्म पढ्कालागी ६ घण्टा बढि पैदल हिड्नुपर्ने बाध्यता रहेको भन्दै उनिहरुले बिद्युतझन सपना जस्तै भएको बताएका छन । नेकपाएमाले सैघा १९ नम्वर कमिटिका अध्यक्षनिमकान्त पुरीको अध्यक्षतामाभएको कार्यक्रममाबोल्दै वडा अध्यक्षकाउम्मेद्धार हर्क घर्तीले सैघाका जनताले शुद्ध खानेपानी,दक्ष प्रस्शुती सेवाकाअभावमाबर्षेनी धेरैले अकालमाज्यानगुमाउनु परेको बताउनुभयो । घोराहीमसिनाहुदै सैघा लाकुरी बजार जोड्ने सडकको ट्रयाक खुलेपनि सानो पानीपर्दा पनिआवतजावतगर्न नसकिने अवस्थारहेको छ । सैघामा हाल सम्मबिद्युत सेवा छैन भने एउटा मात्रनिजि स्रोतमा सञ्चालितमा.वि.तहको बिद्यालय रहेको छ ।

स्थानियतहको निर्वाचननजिकिदै गर्दा सैघामा जनतालाई झुक्याउनकांग्रेसले गाँउगाँउमामासु र रक्सी बाड्ने,कृषीकार्यालयको कार्यक्रमभनि पार्टीको कार्यक्रममाबोलाई जवरजस्त पार्टी प्रवेश गराउने जस्ता क्रियाकलापगरिरहेको स्थानियले बताएका छन । एमाले घोराहीउपमहानगरपालिकाका सदस्य रेखबहादुर घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको सभामाबोल्दै मेयरकाउम्मेद्धार नरुलालचौधरीले सैघामा बाह्रै महिनानियमित गाडी चल्ने किसिमको सडक निर्माण,कम्तीमा पाँच सैयाको अस्पत्ताल,उच्च तहको पढाई हुने क्याम्पस,शुद्ध खानेपानीकालागीकामगर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले जनता सुर्य चिन्हमामतदान गरी एमालेको स्थानिय सरकार बनाउनआतुर रहेको भन्दै उहाँले कांग्रेस र माओबादीको धाकधम्कीकानपरी एमाले जिताउने अभियानमालाग्नआग्रहगर्नुभयो । यस्तै उप मेयरकाउम्मेद्धार सितान्यौपानेले देश र जनताको कामगर्ने पार्टी एमाले मात्रभएको भन्दै घोराहीमाएमाले उम्मेद्धार बिजयीभए बृद्धभत्ता,एकल महिलाभत्ता,अपांगभत्ताजनताको घर घरमा पू¥याउने प्रतिवद्धता जनाउनुभएको थियो । सभालाई सम्वोधनगर्दै घोराहीनगरपालिकाकापूर्व मेयर अमरबहादुर डागीले सैघा एमालेको लालकिल्ला र स्वर्गीय घनश्याम बुढाथोकीको खुनमसिना बगेको ठाउ भएकाले जस्तो सुकै कठिनाई चिरेर भएपनि सैघामा पुनःएमालेको बिजय झण्डा फहराउनुपर्ने बताउनुभयो । २००७ सालदेखी देशमाकांग्रेसले झुटा आश्वासनमात्रदिने गरेको भन्दै उहाँले जनताको कामगर्ने सच्चा पार्टी एमाले मात्रभएको बताउनुभयो । एमाले सरकारले ल्याएको समाजिक सुरक्षा भत्ता,आफ्नो गाँउआफै बनाउ जस्ता लोकप्रियाकार्यक्रमले स्थानियतहकाजनतामाएमालेप्रतिआर्कषण बढेको उहाँको भनाई थियो ।

सभालाई महिला स्वास्थ्य स्वयंसेविका रिमा घर्ती मगर,युवा संघका अध्यक्षशान्तराज घर्ती,एमाले जिल्ला कमिटि सदस्यइन्द्र बुढाथोकीलगायतले सम्वोधनगर्नुभएको थियो । सो अवसरमा नेपालीकांग्रेस परित्याग गरी देवेन्द्र थापा,बिष्णु बि.क.,मिनबहादुर बि.क.,धनबहादुर बि.क.,तथा नेकपामाओबादी केन्द्र र राष्ट्रिय जनमोर्चा परित्याग गरी जगत घर्ती र थम्मन घर्ती एमाले प्रवेश गर्नुभएको थियो । कार्यक्रममाबिभिन्न संस्कृतीझल्कने झाँकी,जुलुस तथा ¥यालीप्रर्दशनगरिएको थियो । सभामापाँच सय भन्दा बढि स्थानियनागरिकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण एमाले सैघाका सचिव डम्वर रावतले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्