काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक स्थगित भएको छ। आज बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटि बैठक स्थगित भएको नेतृ पम्फा भुषालले जानकारी दिइन्।
नेताहरु उपत्यका बाहिर रहेका कारण बैठक स्थगित भएको भुषालले बताइन्। आजको बैठकमार्फत् माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने चर्चा थियो।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।