Banner Second

उद्योग वाणिज्य संघ सुनवलको साधारण सभा सम्पन्न

By Thah Online

April 04, 2021

२२ चैत । उद्योग वाणिज्य संघ सुनवलको प्रथम साधारण सभा सम्पन्न भएको छ। सभाका प्रमुख अतिथि लुम्विनी प्रदेश सभा सदस्य दिपेन्द्र अधिकारीले उद्योग वाणिज्य संघ सुनवलले गरेका गतिविधिका बारेमा तयार परिएको सुनवल दर्पण विमोचन गर्दै उद्यागी व्यावसायीहरुको समस्याहरुमा प्रदेश सरकारले समन्वय गर्दै आइरहेको बताए।

प्रदेश सभा सदस्य अधिकारीले अर्थतन्त्रको तीन वटा खम्वा मध्ये निजि क्षेत्रको समस्या समाधान नगरे समग्र विकास सम्भव नहुने समेत बताए। सभा सदस्य अधिकारीले विगत तिन वर्षदेखि मुलुकमा विकासले गति लिएको र अझै १० वर्षसम्म यहि गति कायम रहे मुलुकले मुहार फेर्ने बताए। जसमा नीजि क्षेत्रको भुमिका उल्लेख्य रहेको उनको भनाई थियो। साथै उनले छोटो समयमा उद्योग वाणिज्य संघ सुनवललले रचनात्मक भुमिका खेलेको भन्दै प्रशंसा गरे।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख शिव शंकर प्रसाद रायले कोभिडमा उद्योगी व्यवसाय मर्कामा परेको भन्दै कर , घर वहाल लगायतको छुटमा राज्यले हेर्नुपर्नेमा जोड दिए।

साधरण सभामा सुनवल नगरपालिकाका नगर प्रमुख भीम वहादुर थापाले देशको समग्र विकासमा निजि क्षेत्रको भुमिका रहने बताए। समृद्ध सुनवल बनाउन मानव विकासमा जोड दिएको उनको भनाई थियो। सुनवल नगर क्षेत्रका उद्योगी व्यवसायीहरुलाई मध्यनजर गर्दै औधोगीक ग्राम, अटो भिलेज लगायतका समग्र पक्षको विकासमा सुनवल नगरपालिका लागि परेको नगरप्रमुख थापाले बताए।

साधारण सभामा सुनवल नगरपालिकाका नगरप्रमुख दधिराम अर्याल, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, उद्योग वाणिज्य महासंघ लुम्विनी प्रदेशका निर्वतमान अध्यक्ष गुणनिधि तिवारी, नेकपा एमालेका नेता थान प्रसाद गैरे, नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद पौडेल, नेकपा माओवादी केन्द्रका नेता सुर्य न्यौपाने, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी, वुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठ लगायतले बोलेका थिए।

साधरण सभामा अध्यक्ष तथा उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यले उद्योग वाणिज्य संघ सुनवलले आफ्नो स्थापनासंगै उद्यागी व्यावसायीहरुको हकहितमा काम गर्दै आएको बताए।

कोभिड-१९ को महामारीमा पनि व्यवसायीहरुलाई विचलित हुन नदिई स्थानीय सरकार सुनवल नगरपालिकासंग समन्वय गर्दै घुम्ति पसल संचालन, खाद्य वैंक संचालन गरेको र कोभिडका कारण मर्कामा परेका १५८ जना व्यवसायीहरुलाई यु एस ए आई डि तयार नेपालको संयोजकत्व साथै सुनवल नगरपालिकाको समन्वयमा ३२ हजारका दर पुनः व्यवसाय संचालन गर्न लागी सहयोग गरेको अध्यक्ष कर्माचर्याको भनाइ छ।

त्यस्तै आन्तरिक राजश्व कार्यायलको राजश्य संकलन, नाप तौल, नविकरण, व्यवसायीक लेखा तालिम, महिला सिप मुलक तालिम र संघ मा आवद्ध व्यावसायीहरुको दुई लाख बराबरको दुर्घटना बिमा गरेको बताए।