मौसम पूर्वानुमान : कहाँ-कहाँ छ भारी वर्षा सहितकाे सम्भावना ?



काठमाडौं । मुलुकभर स्थानीय वायुको प्रभाव रहँदा आज प्रदेश १ का पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ। हाल देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही वाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज अपराह्न प्रदेश १ का पहाडी भेगका केही स्थानमा मेघगर्जन-चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आइतबार दिउँसो प्रदेश १, वाग्मती र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १का पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन-चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

सोमबार दिउँसोः सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र वाग्मती प्रदेशका एक दुई स्थानमा मेघगर्जन-चट्टयाङसहित हल्का वर्षा र सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक दुई स्थानमा फाटफुट्ट-हल्का वर्षा-हिमपातको समेत सम्भावना रहेको छ।

दिउँसो सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, वाग्मती, गण्डकी, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन-चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन÷चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्