हेरा शैक्षिक संस्थाले संचालन गरेको ३महिने निशुल्क ट्युशन कार्यक्रम सम्पन्न



शहबाज खान/कपिलवस्तु
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका अन्तर्गत रहेको हेरा शैक्षिक तथा मानवीय सेवा संगठनले
एक कार्यक्रम गरि ३ महिने निशुल्क ट्युशन कार्यक्रमको कार्य अवधि पुरा गरि हिजो हेरा शैक्षिक तथा मानवीय सेवा संगठनका महासचिव शैख जैस मक्कीले समापन घोषणा गरेका छन।लामो समय देखि जिल्लाका विभिन्न नगरपालिका तथा गाउपालिकहरुमा शैक्षिक तथा समाजिक सेवाहरु दिदै आएको छ।
समय समयमा विभिन्न किसीमका कार्यक्रम संचालन गरि गरिब असहाय जनताको सहयोग गरि रहेको छ।
हालैमा हेरा शैक्षिक तथा मानवीय सेवा संगठनले कपिलवस्तु दांङ तथा रुपन्देही जिल्लामा ३ महिनाको लागि निशुल्क ट्युशन कार्यक्रम संचालन गरि दिनको दुई घण्टा सामुदायिक तथा बोर्डिंगमा अध्ययनरत गरिब तथा असहाय लगभग ३५० बच्चाहरु लाई २१ शिक्षक द्वारा धार्मिक सांस्कृतिक तथा आधुनिक शिक्षा दिएको कुरा उक्त संस्थाका उपाध्यक्ष खालिद रसीदले बताएका छन।
उक्त कार्यक्रमका प्रमुख अतिथी लुम्विनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली विशिष्ट अतिथी शैख वसिउल्लाह मदनी अतिथी शैख ताजुद्दीन लगायत रहेका थिए।
कार्यक्रमका प्रमुख अतिथी नेपालीले हेरा शैक्षिक तथा मानवीय सेवा संगठनलाई धन्यवाद दिदै अगामी दिनमा पनि यसै प्रकारको कार्यक्रम संचालन गरि गरिब असहायहरु लाई सहयोग पुर्याउने हामी आशा गरेका छौ साथ साथै २०७८सालको जनगणनामा मुस्लिम समुदाय पूर्ण रुपले आआफ्नो स्तर बाट जनगणनाकर्मी हरु लाई सहयोग पुर्याइ जनगणना लाई सफल बनाऔ जनगणना को समयमा आफ्नो परिवारको संख्या लुकाउने छिपाउने काम नगरि सत्य तथ्य विवरण दिनको लागि उपस्थित सबै संग अनुरोध समेत गरेका थिए।
हेरा शैक्षिक तथा मानवीय सेवा संगठनका महासचिव शैख जैस मक्कीले उपस्थित सबै लाई धन्यवाद दिदै नेपालका गरिब असहाय परिवारको सहयोगको लागि हामी सदैव तयार छौ। हाम्रो उद्देश्य नै शिक्षा क्षेत्रमा पछाडि परेका वर्गका बच्चाहरु लाई सहयोग गरि अगाडी ल्याउन हामी समय समयमा शैक्षिक सामग्री, निशुल्क ट्युशन,गरिब परिवार लाई राहत सामग्री वितरण गरि सहयोग गरेका छौ आगामी दिनमा पनि यो संस्थाले निरन्तर काम गर्ने तैयारीमा रहेको मक्कीले बताउनु भयो।
कार्यक्रमको अध्यक्षता खालिद रसीद तथा कार्यक्रम संचालनमा सहयोग नियाज़ अहमदले गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्