गिरिराज नेपाली
दाङ , ६ माघ । प्रादेशिक राजधानीको माग राख्दै गत मंगलवार देखी शुरु भएको दाङ बन्द आज शनिवार राती देखी फिर्ता हुने भएको छ । सडकको आन्दोलन फिर्ता संगै दाङको आन्दोलन आईतवार देखी सदन केन्द्रित हुने संयुक्त संघर्ष समितिले जनाएको छ ।
लगातार ५ दिन सम्मको अनिश्चितकालिन आमहड्तालका कारण जिल्लाको जनजीवन कष्ठकर संगै तनावग्रस्त बन्दै गईरहेको थियो । तर आन्दोलन नेतृत्व लिएको संयुक्त संघर्ष समितिले आन्दोलनको धार फेर्दै सडक वाट सदन केन्द्रित आन्दोलनको तय गरेको समितिका सदस्य सचिव तथा नेकपा माओवादी केन्द्रका नेता निर्मल आचार्यले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – ‘ आईतवार देखी प्रधानमन्त्री कार्यालय केन्द्रित आन्दोलन शुरु हुदै छ । ’ आईतवार देखी बजार तथा यातायात खुल्ला गरी जिल्लाको जनजीवन सामान्य बनाउदै राजधानी कालोझण्डा प्रर्दशनी, डेलिगेशन, विरोधसभा, धर्ना रिले , अनसन तथा कानुनी उपचारका लागि सर्वाेच्च अदालत जाने कार्यक्रम तय गरिएको छ ।
त्यस्तै जिल्लाका सम्पूर्ण जनताका घरमा कालो झण्डा गरिने, सार्वजानकि स्थानमा कालोझण्डा , आईतवार दिउसो १ वजे घोराही , तुलसीपुर, लमही र भालुवाङ कालोपट्टी सहितको ¥याली गरिने समितिले विज्ञप्तीमा उल्लेख गरेको छ ।
साथै विज्ञप्ती मार्फत संयुक्त संघर्ष समितिले आन्दोलनमा सहभागी सम्पूर्ण दाङवासी लाई धन्यावद दिदै आगामी आन्दोलनमा पनि सरिक हुन आग्रह गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।