धनगढी । भारतबाट सुदूरपश्चिम छिरेका थप तीन जनामा नयाँ प्रकारको कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । भारतबाट नेपाल प्रवेश गर्नेहरुमा नयाँ प्रकारको कोरोना संक्रमण देखिन थालेकाे छ । उनीहरूको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब नमुना परीक्षण गर्दा नयाँ भेरियन्टको भाइरस संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । भारतबाट फर्किएका संक्रमितहरू कञ्चनपुर, डडेल्धुरा र डोटीका हुन्।
एक साताअघि उनीहरूसहित २० जनाको स्वाब संकलन गरी जाँच गरिएको थियो। उनीहरूमा फेला परेको कोरोनाभाइरस कुन भेरियन्टको हो भनी परीक्षण गर्न काठमाडौं पठाइएको थियो।अहिले संक्रमित तीनै जना होम आइसोलेसनमा छन्। सीमा-नाकामा कोरोना संक्रमणका लागि हेल्थ डेस्क राखिए पनि फितलो स्वास्थ्य परीक्षण भएको जनाइएको छ ।
भारतीय मिडियाहरुका अनुसार पछिल्लो पटक ९२ हजार ९९४ जना नयाँ संक्रमित फेला परेका छन् ।भारतमा पछिल्लो २४ घण्टामा करिब ९३ हजार जनामा कोरोना संक्रमण र ५ सय १३ जनाले ज्यान गुमाएका छन् । साढे ६ महिनाको अवधिमा यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो । यसअघि १९ सेप्टेम्बरमा ९२ हजार ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। भारतमा हालसम्म १ करोड २४ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा कोरोनाबाट सबैभन्दा संक्रमित हुने ठाउँअन्तर्गत महाराष्ट्र, पन्जाब, दिल्ली, मध्यप्रदेश, गुजरात र राजस्थान रहेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।