क्यान्सरविरुद्ध लड्न मात्र नभइ डर भगाउन पनि मद्धत गर्छ च्याउले,



काठमाडौं-च्याउ स्वादका लागीमात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपयोगी रहेको छ । यसलाई धेरैले रुचाउन गर्छन् । जंगलमा पाइने विषालु च्याउ खाँदा भने कहिलेकाहीँ ज्यान गएका घटनाहरू सार्वजनिक नभउका होइनन् तर सावधानी अपनाएर च्याउ खाँदा यसका धेरै फाइदा छन् । स्वस्थकर र शरीरमा कुनै हानि नपुर्‍याउने भएकाले यसको मज्जा धेरैले लिइरहेका छन् ।

च्याउले हाम्रो शरिरमा इम्युनिटी पावर बढाउने काम गर्छ ।च्याउमा फुंगी नामको चिनी र लेन्टिनन तत्वले शक्ति उत्पादन गर्छन् । च्याउमा विभिन्न किसिमको वेटा गुल्कान हुन्छ । यसले शरीरलाई थप बलियो बनाउन मद्दत गर्छ । सिताके, ह्वाइट बटम, ओयस्टर, हनी तथा इनोकी च्याउले शरीरको विकार हटाउने काम गर्छन् ।

रियसी नामक च्याउले ट्युमर र अन्य डरलाग्दो रोग हुनबाट जोगाउँछ । यो च्याउ विशेषगरी पूर्वी एसियामा शताब्दीदेखि प्राकृतिक औषधि उपचारका निमित्त प्रयोग हुँदै आएको छ । च्याउले महिलामा हुने स्तन क्यान्सरविरुद्ध लड्ने क्षमता विकास गर्छ । ओयस्टर, प्रोटोवेलो, क्रिमिनी तथा ह्वाइट बटम प्रजातिका च्याउ नियमित खाँदा सम्भावित स्तन क्यान्सरबाट जोगिने एक अध्ययनले देखाएको छ । च्याउमा धेरै प्राकृतिक भिटामिन हुन्छ । विज्ञहरूका अनुसार बटम च्याउमा भिटाभिन डीको मात्रा अधिक हुन्छ  । त्यस्तै च्याउले कोलेस्ट्रोल र ब्लडप्रेसर कम गर्न सहयोग गर्छ । डरबाट मुक्ति पाउन च्याउ नियमित रूपमा सेवन गर्नले फाइदा पुग्ने विज्ञ बताउछन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्