बाघको आक्रमणबाट बर्दियामा गैंडा गणकको मृत्यु



काठमाडौं २३ चैत, । बर्दियामा बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका एकजना कर्मचारीको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा कार्यरत ठाकुरबाबा नगरपालिका–९ का ३१ वर्षीय पुलिसराम थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

गैंडा गणनामा प्रयोग गरिएको हात्तीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र घाँस काट्दै गर्दा पुलिसरामलाई आइतबार साँझ करिब पाँच बजे बाघले आक्रमण गरेको थियो । उनको सोही दिन राति आठ बजे शव फेला परेको सहायक संरक्षण अधिकृत असिम थापाले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन विष्णु प्रसाद श्रेष्ठले चौधरी गैंडा गणनामा संलग्न रहेको र हात्तीको साथ निकुञ्जमा रहेको समयमा बाघको आक्रमणबाट मारिएको बताए ।

पुलिसराम झण्डै एक दशकदेखि हात्तीसारमा कार्यरत थिए । उनलाई आक्रमण गरेको आशंकामा निकुञ्जका अधिकारीहरुले एउटा वयस्क बाघलाई डार्ट गरी नियन्त्रणमा लिएका छन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्