समाचार

नेपाली सेनाका पूर्व प्रधानसेनापति अर्जुननर्सिङ्ग राणाको निधन

By Saru Sunar

April 05, 2021

नेपाली सेनाका पूर्व प्रधानसेनापति अर्जुननर्सिङ्ग राणाको कोरोना संक्रमणको कारण निधन भएको छ । कोरोना र निमोनियाका कारण राणाको ९१ बर्षको उमेरमा आज बेलुका सैन्य अस्पताल छाउनीमा निधन भएको हो । सेनापति राणा ०४० देखी ०४४ सम्म नेपाली सेनाको प्रधानसेनापति रहेका थिए ।

राणाकी श्रीमतीको दुई बर्ष अगाडी निधन भएको थियो भने उनका एक मात्र छोरा अरुण राणाको एक महिना अघि क्यान्सर रोगका कारण निधन भएको थियो ।