सैघाली खबर
दाङ, ७ माघ । ५ न. प्रदेशको जारी बिबाद प्रदेशसभाले टुङ्याउँनु पर्ने प्रदेश प्रमुख उमाकान्त झा ले बताउनु भएको छ । आईतबार सैघाली खबर संग कुरागर्दै झाले यस्तो बताउँनु भएको हो ।
प्रदेशसभा सदस्यहरुको सपथ ग्रहण गराउँन बुटवल आएका झाले आज बाट प्रदेश नं. ५को कामकाज प्रकृया सुरु गर्ने समेत बताउँनुभयो । बुटवल उद्योग बाणिज्य संघको हलमा हुने सफत ग्रहणको कार्यक्रमका लागि बिहान १०बजे पद बहाली र ११ बजे सफत ग्रहणको कार्यक्रम तय गरिएको प्रमुख झाले जानकारी दिनुभयो । बुटवलका जेष्ठ नागरिक बलदेव पोखरेललाई सफत खुवाएपछि उहाँले प्रदेशसभा सदस्यलाई सफत खुवाउँने कार्यक्रम तर्फ भएको उहाँले जानकारी दिनुभयो ।
संबैधानी व्यवस्था अनुसार अगाडी बढ्न आग्रह गर्दै संविधान कार्र्यान्वयलाई अगाडी बढाउँन आग्रह गर्नुभयो । प्रदेश ५ मा प्रत्यक्षतर्फ ५२ र समानुपातिक तर्फका ३५ गरी ८७ प्रदेशसभा सदस्य रहेका छन् ।प्रदेशसभा बैठक तत्कालका लागि बुटवल उद्योग बाणिज्य संघको हलमा नै हुनेछ । संघको सचिवालयमा सभामुख र उपसभामुखको कार्यकक्षसहित संसद सचिवालय राखिने छ ।सपथ ग्रहणका लागि दाङका निर्वाचित अधिकांश प्रदेश सभा सदस्यहरुबुटवल पुगिसकेका छन् । प्रदेश सभा सदस्यहरु शंकर पोखरेल, अमर डाँगी, रेवतिरमण शर्मा, इन्द्रजित थारु, उत्तरकुमार ओली डिल्ली चौधरी सपथ ग्रहणका लागि बुटवल पुग्नु भएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।