काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ



काठमाडौं २३ चैत्र,
कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ गरिने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समिति (डीसीएमसी) को सोमबार बसेको बैठकले काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्दै सम्बन्धित नगरपालिकाहरुले स्वास्थ्य जाँच गर्ने र एन्टिजेन टेस्ट गर्न हेल्प डेस्कको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

यस्तै एन्टिजेन टेस्टबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर टेस्ट का स्वाब संकलन गरी पठाउने निर्णय पनि बैठकले गरेको छ ।
स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने सन्दर्भमा स्वास्थ्य कार्यालय, सबै नगरपालिका, सुरक्षा निकायले प्रचारप्रसारमा जोड दिँदै अनुगमन गरी मापदण्ड पालना नगरेको पाइएमा कारबाही गर्ने निर्णय पनि भएको छ ।

यस्तै जनचेतनाका लागि जनशक्ति परिचालन गर्ने, कन्ट्याक्ट ट्रेसिङमा जोड दिने, चीनबाट प्राप्त भ्याक्सिन लगाउन आवश्यक समन्वय गर्ने, सार्वजनिक स्थानमा गरिने कार्यक्रम हाललाई स्थगित गर्ने निर्णय पनि बैठकले गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्