भूकम्पले पूर्वी नेपालमा कडा धक्का महसुस



भारतमा सोमबार राति गएको भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको छ । कडा धक्का महसुश हुँदा सर्वसाधारण आत्तिँदै घरबाहिर निस्किएका थिए ।
यद्यपी प्रदेश नम्बर १ का जिल्लाहरुमा अहिलेसम्म कुनै अप्रिय घटना सुन्नु नपरेको प्रहरीले जनाएको छ ।

प्रदेश १ प्रहरी कार्यालयका डीआईजी ईश्वरबावु कार्कीले भूकम्पको कडा धक्का महसुश भएपनि अहिलेसम्म केही अप्रिय घटना नभएको बताए ।
‘पूर्वमा राम्रै धक्का महसुस भएको छ तर, अप्रिय घटना अहिलेसम्म केही भएको छैन’, उनले रातोपाटीसँग भने ।

भारतको बिनादुरी भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ५.४ रिक्टरस्केलको भूकम्प गएको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्