सम्बादाता थाहा अनलाइन कैलाली
२०७७/१२/२३ गते
घोडाघोडी नगरपालिका स्तरिय एकीकृत अखिल नेपाल शिक्षक संगठनएकीकृत अखिल नेपाल शिक्षक संगठन नगर कमिटीको बैठक नंया बर्ष लक्ष्यित संगठन निर्माण र समसामयिक शैक्षिक कार्यक्रम र देशको बदलिदो राजनितिक विषयबस्तुमा गम्भीर समीक्षा सहित आगामी कार्यक्रम तथा तत विषयकाबारेमा आबश्यक गतिबिधी गर्ने,शिक्षकका पेशागत हक अधिकारको बारेमा तथा गुणस्तरीय शिक्षा को लागि अग्रमोर्चाको नेतृत्व लिने बिबिध विषयहरुमाथी निर्णय लिइ समापन भएको छ।
बैठक घो.न.पा-१०पहलमानपुर स्थित दिगो सामुदायिक वातावरण संरक्षण बहुउद्देश्यीय सहकारी संस्था लि.को सभाहलमा सम्पन्न भएको छ।बैठकमा नगरका विभिन्न बिधालयबाट प्रतिनिधित्व गरि करिब ७० जना शिक्षक अगुवाहरुको उपस्थिति रहेको थियो।
बिहान करिब११:००बजे बाट शुभारम्भ भएको बैठकको संचालक नगर सचिब भिमबहादुर रानाले गर्नुभएको थियो भने अध्यक्षता ए.अ.ने.शि.सं. नगर अध्यक्ष मनबहादुर रावलले गर्नुभएको थियो।कार्यक्रमको प्रमुख अथिती ए.अ.ने.शि.सं. कैलाली जिल्ला सल्लाहकार संयोजक तथा नेपाल शिक्षक महासंघ गोडाघोडी नगर अध्यक्ष काशी राम जोशिले गर्नुभएको थियो।बिशिस्ट अथितिको रुपमा ए.ने.क.पा.(माओवादी केन्द्र)नगर सचिब क.खगेन्द्र हमाल र ए.अ.ने.शि.सं.कैलाली जिल्ला स-सचिब भजन बहादुर शाही रहनुभएको थियो।बैठकलाई सम्बोधन गर्नेक्रममा बिशिस्ट अथिती खगेन्द्र हमालले समाजरुपान्तरणका सम्बाहक तथा सचेतन र सम्मानित पेशा शिक्षक भएकोले अब हुने पार्टी पुनर्निर्माण तथा सबै खाले गतिबिधीमा शिक्षकहरुलाई ससम्मान भुमिका दिई शिक्षक साथिहरुको सहयोग,सुझावलिने तथा सोही अनुसार अनुसरण गर्ने प्रतिबद्धता बैठकमा ब्यक्त गर्नुभयो,साथै सम्बोधनकै क्रममा बिशिस्ट अथिती क.खगेन्द्र हमालले शिक्षकका पेशागत अधिकार,पेशाको सुरक्षाको ग्यारेन्टी र नेपालको गुणस्तरीय शिक्षाकोलागी हाम्रो पार्टी ए.ने.क.पा(माओवादी) शिक्षकका माग र सबैखाले आन्दोलनमा हातमा हात मिलाएर समर्थनमा ऐक्यबद्धता गर्ने बताउनुभ्यो।
कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा ए.ने.क.पा.(माओवादी) क.हमालले शिक्षकहरुको महिमा सहित संसारका सबै प्रकारका सभ्यता,बिचार,चिन्तन,ज्ञान,संज्ञान र दर्शन भन्दा भन्दा ठूलो शिक्षक हो।किनकी संसारका सबै विद्वान,बैज्ञानिक ,इतिहासकार,अर्थशास्त्री,दार्शनिक,बिचारक र कवि कथाकार खेलाडीहरुलाई शिक्षकहरुले नै जन्माएको हुन्छ,त्यसकारण राष्ट्र कस्तो बनाउने,देशको सुन्दर सपना तपाइँ शिक्षक साथिहरुले देख्नुपर्छ,यो तपाइँ हरुकै हातमा भएकोसारगर्भित भनाइ राख्नुभयो।शिक्षक अगुवा नेताहरुको रिपोर्टिङ र शिक्षकहरुका गुनासाहरुमा केन्द्रित भएर भन्नुभयो”यो बेला पार्टी र प्रणाली गम्भीर खतरामा पुगेकाबेला सबैले पार्टी र प्रणालीको पुनर्जीवन दिन लाग्नुपर्ने भन्दै शिक्षक साथिहरुले गुनासो गर्नेबेला नभएको बताउनु भयो।तपाईं शिक्षकहरुको प्रश्न सुन्नकोलागी यो पार्टी र प्रणाली रहनुपर्ने भएकोले तपाईको हजारौं गुनासा र लाखौ प्रश्न भन्दा पार्टी र प्रणाली प्रमुख भएकोले यसै बिसयमा केन्द्रित हुन र आफ्ना गतिविधि अगाडी बढाउन शिक्षक संगठन र त्यसका अगुवा नेता कार्यकर्तालाई समर्पित हुन आह्वान गर्नुभयो”।
बैठकको प्रमुख अथितिको भुमिकामा रहनुभएका ए.अ.ने.शि.सं.जिल्ला सल्लाहकार संयोजक तथा नेपाल शिक्षक महासंघ घोडाघोडी नगर अध्यक्ष काशीराम जोशिले घोडाघोडी नगरपालिका भित्रका सामुदायिक बिद्यालयको भौतिक सुधार ,शिक्षकका पेशागत अधिकार तथा यो नगरको समस्या रहेको निजि स्तरका शिक्षकहरू सेवासुबिधा एबम शिकक सरुवा,दरबन्दीमिलान जस्ता कुराहरु समेटी छिट्टै नगर शिक्षा निमावली आउने र त्यसमा शिक्षक साथिहरुका समस्या र गुणस्तरीय शिक्षाकोलागी आबश्यक सुझाब दिएको बताउनुभयो।
यसरी संगठन मजबुत बनाउन शिक्षक साथिहरुलाइ संगठित गर्ने ,कायम रहेका सबै आस्थावान सदस्य शिक्षक तथ बिद्यालय कर्मचारीको नवीकरण सहित लेबि अभिलम्ब उठाउने र नंया बर्ष२०७८सालको पहिलो शनिबार बनभोज कार्यक्रम सहित शुभकामना आदानप्रदान गर्ने निर्णय सहित ए.अ.ने.शि.सं. घोडाघोडी नगर बैठक साझको ५:३०बजे सम्पन्न भएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।