प्रदेशसभा सदस्यहरुको शपथ आज , कहाँ कहाँ बाट शपथ लिदै छन् ?



सैघाली खबर
काठमाडौं,७ पुस

प्रदेशसभा सदस्यहरुको शपथ आज हुँदै छ । सातै प्रदेशसभामानिर्वाचित सदस्यहरुले सम्बन्धित प्रदेशको अस्थायी सदरमुकाममा पद तथा गोपनियताको शपथ हुनेछ ।संविधान र प्रदेशस भानिर्वाचन ऐनअनुसार निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथ ग्रहण गराउने छन् ।

सरकारले निर्वाचन सम्पन्न भएको डेढ महिनापछि प्रदेश प्रमुख नियुक्त गरेकाले निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम नतिजा बुझाएको थियो ।आयोगले माघ २४ गते तोकिएको राष्ट्रियसभा निर्वाचनको कार्यक्रम आजदेखि नै शुरु हुने भएकाले सबै प्रदेशसभा सदस्यको शपथ आजै सम्पन्नगर्नुपर्ने छ ।

प्रदेशसभा सदस्य राष्ट्रियसभा निर्वाचनको मतदाता रहेकाले प्रमुख नियुक्ति लगत्तै शपथ ग्रहणको कार्यक्रम राखिएको हो । आयोगले राष्ट्रिय सभानिर्वाचनका लागिआजै मतदाता नामावली सार्वजनिक गर्नुपर्ने छ ।प्रदेशसभा १ को शपथग्रहण कार्यक्रम विराटनग स्थित वीरेन्द्र सभागृहमाआजबिहान १० बजे हुँदै छ ।

प्रदेश नम्बर २ को प्रदेशसभा सदस्यहरुको शपथ जनकपुर उद्योग वाणिज्य संघको राजर्षिजनक सभा गृहमाहुँदैछ ।प्रदेश नम्बर ३ का सांसदहरुको शपथ मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडामा हुँदैछ । प्रदेश नम्बर ४ का सांसदहरुको शपथ पोखरा स्थित प्रस्तावितप्रदेश प्रमुख कार्यालय र प्रस्तावित प्रदेश प्रदेशसभा भवननदीपुर स्थितनगर विकास प्रशिक्षण केन्द्रमा गराउने कार्यक्रम तय भएको छ ।प्रदेश नम्बर ५ काप्रदेशसभा सदस्यहरुको शपथ बुटवलस्थित बुटवल उद्योग वाणिज्य संघको हलमाबिहान ११ बजे गर्ने तयारी भएको छ ।

प्रदेश नम्बर ६ काप्रदेशसभा सदस्यहरुको शपथ सुर्खेत स्थित जिल्ला समन्वय समितिको हलमा गराउने तयारी भएको छ ।प्रदेश नम्बर ७काप्रदेशसभा सदस्यहरुको शपथ धनगढीस्थित जिल्ला विकास समितिको सभाकक्षमा हुँदैछ ।शपथका लागि अधिकांश प्रदेशसभा सदस्यहरु सम्बन्धित प्रदेशको सदरमुकाम पुगिसकेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्