टप फिचर

जेसिबी भीरवाट खस्दा अपरेटरको घटना स्थलमै मृत्यु

By Saru Sunar

April 06, 2021

महेन्द्रनगर । अछाममा जेसिबी डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बान्निगढी जयगढ गाउँपालिका ६ दर्नामा जेसिबी दुर्घटनामा परि जेसिबीका अपरेटर डोटीको शिखर नगरपालिकाका करिब ३२ बर्षका किरण बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ऐश्वर्य माध्यामिक विद्यालयबाट सडक मर्मत गर्दै चण्डाली जाने क्रममा भिर भन्ने स्थान बाट करिव १ सय ५० मिटर तल खोलामा खसेर चालक बोगटीको घटना स्थलमै ज्यान गएको वडा अध्यक्ष कृष्ण बहादुर कडायतले जानकारी दिएका छन् ।

घटनाको बारेमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोलि घटना स्थल गएको छ । डोजरका सह चालक भने हाम फालेर ज्यान जोगाउन सफल भएका छन् । केही दिन पहिले मात्र सोही भिरबाट विद्यालय जाने क्रममा चण्डाली निवासी ७ बर्षिया बालिकाको समेत लडेर ज्यान गएको थियो ।