आत्म निर्भर बनेकी राधा



जनक नेपाली
दाङ,७ माघ । सन्धीखर्क नगरपालिका २ भद्रीखोलाकी राधा नेपालीलाई कुनै समय दुई पैसाको जोह गर्न निकै मुस्किल प¥र्याे तर राधा आजभोली खुशीले फुरुङ्ग छिन । एक छाँक जुटाउँन पनि हम्मे हम्मे पर्ने राधालाई आजभोली दुई चार हजारकै प्रबाह नै हुदैन । दुई छोरी हुर्काएर बसेकी राधाको जीवनमा न श्रीमानकै साथ छ न अन्य कसैको ।

छोराछोरी पठन पाठन गर्ने समेत निकै म अप्ठेरोमा परेकी राधालाई भुकम्प पडितका लागि यू.यू एस. सी. आर्थिक सहयोग तथा दलित महिला एकता केन्द्रको आयोजना संचालित तीन महिने स्वीटर बुनाई तथा सिलाई कटाई तालिम पाएपछि परिवार चालाउँन सहज भएको राधाको भनाई छ। श्रीमानले कान्छी श्रीमती विवाह गरेर हिडेपछि विचल्लीमा परेकी राधा दुईचार पैसा आन्दानी हुन थाल्दा जीवन धान्न सहज भएको राधाको भनाई छ ।

यू.यू एस सी.को तालिम पाएपछि आफै अहिले सन्धीखर्क बजारमा सिलाईकटाई र स्वीटर बन्नेकाम काम गर्दै आएको वताउँनुभयो । तालिम पाएपछि आफै लगानीमा पसल खुलेको बताउँदै त्यसबाट दैनिक एक हजार देखि दुई हजार सम्म आम्दानी गर्न सफल भएको वताउँनुभयो । आम्दानी बाट आएको रकमले छोराछोरी र आमाको पालन पोषण गर्नका सहज भएको उहाँको भनाई छ ।
तालिम पाएपनि आर्थिक अबस्था कमजोर हुदा संचालन गर्दै आएको पसलमा लगानी थप गर्न नसक्दा समस्था थपिएको बताउँनुभयो राधाको भनाई छ । तालिम प्राप्त गरेका अन्य भुकम्प पिडित महिलाहरु भने सरकारी स्थरबाट संचालित घरेलु तथा साना उद्योग कार्यालय संग सहकार्य गर्दै आएका उहाँले जानकारीदिनुभयो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्