पाल्पामा जिप दुर्घटना, दुई जनाको मृत्यु



पाल्पामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु छ । तानसेन नगरपालिका–७ काजिपौवास्थित कच्ची सडकमा लु २ च ६३२ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा परी जिपमा सवार रिब्दिकोट गाउँपालिका ४ का २७ वर्षीय राज थापा र बगनासकाली गाउँपालिका ४ निबासी २० वर्षीय बिजय खाम्चाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातिका अनुसार तानसेनस्थित खुशी फ्रेश हाउसको कुखुरा बोकी आएको जिप गएराति साढे १२ बजे सडकदेखि करिव २० मिटर तल खस्दा गम्भीर घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्