ओमानमा अवैधानिकलाई स्वदेश फर्कन समस्या , लाग्यो दुई महिनाको समय



काठमाडौं ।ओमानले आफ्नो देशमा अवैधानिक हैसियतमा रहेका विदेशी श्रमिकलाई घर फर्कन ३० जुनसम्मको समयावधि दिएको छ । १० नोभेम्बर २०२० मा अवैध हैसियतमा रहकोलाई स्वदेश फर्कने अवसरको घोषणा गरेको ओमनले पहिलोपटक ३१ डिसेम्बर र दोस्रो पटक ३१ मार्चसम्म पुर्‍याएको थियो । उक्त अवधि बढाएर पछिल्लो पटक जुन ३० सम्म समयसिमा थप गरेको हो ।

मस्कटस्थित नेपाली दूतावासले अवसरको लाभ लिई अवैध रुपमा बसेका नेपालीलाई फर्कन आग्रह गरेको छ । अवैधानिक भएर काम गरिरहेका विदेशी कामदारले निःशुल्क रुपमा कानूनी प्रक्रिया पूरा गरी घर फर्कन पाउने व्यवस्था गरिएको छ ।

घर फर्कन चाहने अवैधानिक कामदारहरुले ३० जुनसम्म यहाँको श्रम मन्त्रालयको दर्ता प्रणालीमा सहभागी हुनुपर्नेछ । फर्कदा श्रमिकले कुनैपनि जरिवाना तिर्नु नपरेपनि हवाई टिकटको व्यवस्था भने आफैले गर्नुपर्ने नेपाली दूतावासले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्