वायु प्रदूषणका कारण हवाई उडान प्रभावित



काठमाडौं। पोखरा र लुम्बिनीमा पनि वायु प्रदूषणको उच्च प्रभाव देखिन थालेको छ। मंगलबार तुँवालोले ढाक्दा पोखराको हवाइ उडान पुनः प्रभावित भएको हो। वायु प्रदूषणले भिजिविलिटी नहुँदा झण्डै एकसाता अवरुद्ध रहेको उडान गत बिहीबारदेखि सुचारु भएको थियो।

सोमबारदेखि प्रदूषण बढेपछि पुनः हवाई उडान प्रभावित भएको हो। तुँवालोका कारण ५ किलोमिटरसम्म भिजिविलिटी नपुग्दा उडान प्रभावित भएको हो। सोमबार पोखराका लागि झण्डै तीन दर्जन उडान तालिका बनेपनि आकाशमा तुँवालो वढेर भिजिविलिटी नहुँदा दिउँसो मात्र काठमाडौंमा २ वटा र जोमसोमका लागि ७ वटा उडान भएको छ ।

आज मौसममा सुधार आउने सम्भावना कम देखिएको विमानस्थलका एक अधिकारीले बताए। त्यस्तै लुम्बिनीमा पनि प्रदूषण बढेको छ। अन्तर्राष्ट्रिय पर्यटकीय तथा धार्मिक स्थल लुम्बिनीमा पनि वायु प्रदूषण मात्र बढेको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्