भाइ फुटे गँवार लुटे



राज कुमार कार्की

🌹भाइ फुटे गँवार लुटे🌹

भाइ – भाइको नाता
अचम्म लाग्दो छ त!

विपत्ति टार्न पर्ने नाता
उदेक लाग्दो पो छ त!

सम्पत्तिको मात्र नाता
हेर्नु तानातान छ त।

सम्पत्तिको मात्रै नाता
पूर्व पश्चिम तिर छ त।

भाइ फुटे गँवार लुटे
दुनियाँले ताली चुटे।

बिचमा वैरी नै छिर्‍यो
समाजलाई नै पिर्‍यो।

यस्तै छ देशको हाल
जनता भए बेहाल।

यस्तै हाल छ पार्टीको
तल नै देखि माथिको।

केले जोड्ला यसलाई?
दु:ख भयो देशलाई ।

छैन आफ्नो बिच मेल
के वैरीले मिल्न देन?

मन्दिर जस्तो हाम्रो घर
वैरीले टुक्रा पार्‍यो हेर।

आउथ्यो होला हाम्रो चेत
वैरीले फेरि मिल्न देत।

हामी-हामी बिच लडाइँ
वैरीको हर्ष अनि बढाइ।

समय अझै नै बाँकी छ
मिलौ ईश्वर नै साक्षी छ।

जोडौ यो फुटेको नै घर
नपरौ अब वैरीको भर।

🌹धन्यवाद🌹

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्