टप फिचर

भाइ फुटे गँवार लुटे

By Saru Sunar

April 07, 2021

राज कुमार कार्की

🌹भाइ फुटे गँवार लुटे🌹

भाइ – भाइको नाता अचम्म लाग्दो छ त!

विपत्ति टार्न पर्ने नाता उदेक लाग्दो पो छ त!

सम्पत्तिको मात्र नाता हेर्नु तानातान छ त।

सम्पत्तिको मात्रै नाता पूर्व पश्चिम तिर छ त।

भाइ फुटे गँवार लुटे दुनियाँले ताली चुटे।

बिचमा वैरी नै छिर्‍यो समाजलाई नै पिर्‍यो।

यस्तै छ देशको हाल जनता भए बेहाल।

यस्तै हाल छ पार्टीको तल नै देखि माथिको।

केले जोड्ला यसलाई? दु:ख भयो देशलाई ।

छैन आफ्नो बिच मेल के वैरीले मिल्न देन?

मन्दिर जस्तो हाम्रो घर वैरीले टुक्रा पार्‍यो हेर।

आउथ्यो होला हाम्रो चेत वैरीले फेरि मिल्न देत।

हामी-हामी बिच लडाइँ वैरीको हर्ष अनि बढाइ।

समय अझै नै बाँकी छ मिलौ ईश्वर नै साक्षी छ।

जोडौ यो फुटेको नै घर नपरौ अब वैरीको भर।

🌹धन्यवाद🌹